काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मंगलवार एकैदिन ३ नयाँ शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउने उद्देश्यका साथ युके एडको लगानिमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यत्रमका सहकार्यमा सेवा शुरु गरेको हो ।
बैंकले नुवाकोटको रालुकादेवी, थापे्रक र खरानीटार गाविसमा यस प्रकारको सेवा शुरु गरेको बताइएको छ ।
यससँगै बैंकको कुल शाखा रहित बैंकिङ सेवा संख्या ९२ पुगेको छ । बंैकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।