Logo

विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने

विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने



काठमाडौँ । एनआईसी एशिया बैंकले अब विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ ।

यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिटेन्स रकम बैंकमा रहेको खातामा डिपोजिट गर्न सक्नेछन् ।

डिजिटल कारोबारमा ग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकतालाई सघाउ पुग्नेगरी आएको सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि NICASIAMo Bank भित्रको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL