Logo

सिटिजन्स बैंकले गर्याे ३ क्याफेसँग सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

सिटिजन्स बैंकले गर्याे ३ क्याफेसँग सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न क्याफेहरुसँग सम्झौता गरेको छ । बैंकले आफ्नो सेवाग्राहीलाई उक्त संस्थाहरुमा विशेष छुट दिने उद्धेश्यले विभिन्न ३ क्याफेहरुसँग सम्झौता गरेको हो ।

यस अनुसार बैंकका ग्राहकहरुले आदर्शनगर, वीरगंजमा अवस्थित क्याफे मोकाका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन । यसैगरी ब्राहम चोक, वीरगंजमा अवस्थित लक्ष्मी प्याराडाइजका सेवाहरुमा पनि अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन । साथै आदर्शनगर, वीरगंजमा अवस्थित माल्ट एण्ड माल्ट प्रालिका सेवाहरुमा अधिकतम २० प्रतिशत सम्म छुट पाउने छन ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १ सय ४१ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL