Logo

सिटिजन्स बैंक र नेपालगञ्ज उपमहानगरपालिकाबीच सम्झौता, बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धति खाता योजना सन्चालन

सिटिजन्स बैंक र नेपालगञ्ज उपमहानगरपालिकाबीच सम्झौता, बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धति खाता योजना सन्चालन



काठमाडौं । सिटिजन्स बैंक र नेपालगञ्ज उप महानगरापलिकाबीच सम्झौता भएको छ । ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनिकरण ‘बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना’ नामक कार्यक्रमका लागि सम्झौता भएको हो ।

उक्त योजनाको मुख्य उदेश्य बालिकाहरुलाई बाल विवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्ने रहेको छ । यसका लागि बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धतिखाता योजना कार्यान्वयनका लागि नेपालगञ्ज उप–महानगरपालिका विविध कोष अन्र्तरगत बालिकाहरुको नाममा मुद्धति खाता खोली कार्यविधि बमोजिमको रकम खातामा जम्मा गर्ने रहेको छ । बालिकाहरुको लागि बैंक खाता खोल्ने र उपलब्ध सबै भन्दा अनुकूल ब्याज दरमा रु पच्चीस हजार को मुद्दती निक्षेप राख्ने सहमति भएको छ ।

उक्त कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्तवपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगन्ज उपमहानगरपालिका, बाँकेबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्नेछन । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेर अघि विवाह नगर्ने बालिकाहरुलाई मात्र सो पत्र जारी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL