Logo

सनराइज बैंकको शाखारहित सेवा डोटीमा, शाखा प्रतिनिधिमा बलायर

सनराइज बैंकको शाखारहित सेवा डोटीमा, शाखा प्रतिनिधिमा बलायर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले डोटीको बनलेकमा शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या पाँच पुगेको छ ।

सो शाखारहित बैंकिङको उद्घाटन बनलेक गाविसका सचिव लक्ष्मी कान्त रोश्याराले शनिबार एक समारोहका बीच उद्घाटन गरे ।

सो अवसरमा बैंकका बजार व्यवस्थापन प्रमुख रबिना आचार्यले बैंकले शाखारहित बैंकिङ सेवाको एजेन्ट/प्रतिनिधि शेरबहादुर बलायरलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिन्छ ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एवं सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । यस अघि काभ्रेको मंगलटार, झापाको बाहुनडाँगी, महोत्तरीको कान्तिबजार र मोरङको डाँगीहाटमा बैंकका चारवटा शाखारहित बैंकिङ सेवाहरू सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL