Logo

सिद्धार्थ, एकता र नेपालबीच एकिकृत कारोवार, चुक्ता पूँजी १ अर्ब १४ करोड

सिद्धार्थ, एकता र नेपालबीच एकिकृत कारोवार, चुक्ता पूँजी १ अर्ब १४ करोड


बिजखबर संवाददाता
0
Shares

सिद्धार्थ विकास बैंकले आजबाट एकिकृत कारोवार शुरु गरेको छ । सिद्धार्थ विकास बैंक, एकिता विकास बैंक र नेपाल आवाश फाइनान्सबीच मर्ज भएर आजबाट एकिकृत कारोवार शुरु गरेको हो ।

आज एक कार्यक्रमबीच अर्थमन्त्री विष्णु पौडेलले एकिकृत कारोवारको उद्घाटन गरेका हुन् । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धिको योजना अनुरुप यी ३ संस्थाहरु एक आपसमा गाभिएका हुन् ।

तीन संस्था मर्जर पश्चात बैंकले सिद्धार्थकै नामबाट कारोवार शुरु गरेको छ । मर्जरसँगै बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यसैगरी, निक्षेप संकलन १२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १० अर्ब रुपैयाँ गरेको छ । बैंकको शाखा संख्या ३३ पुगेको छ भने मर्जरसँगै सिद्धार्थ देशकै दोस्रो ठूलो विकास बैंकको रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL