Logo

प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता

प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता



काठमाडौँ । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ ।

बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टल प्रा.लि.बाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्