Logo

प्राइम बैंकले कन्ट्री डेभलपमेन्ट र बिराट लक्ष्मी खरिद गर्ने, चुक्ता पूँजी ५६९ करोड पुग्ने

प्राइम बैंकले कन्ट्री डेभलपमेन्ट र बिराट लक्ष्मी खरिद गर्ने, चुक्ता पूँजी ५६९ करोड पुग्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले २ वटा विकास बैंक खरिद गर्ने भएको छ । राष्ट्र बैंकले ल्याएको चुक्ता पूँजी बृद्धिको योजना अनुरुप उसले कन्ट्री डेभलपमेण्ट बैंक र विराटलक्ष्मी विकास बैंक खरिद गर्ने भएको छ । ती २ विकास बैंकलाई खरिद गर्नका लागि एक्वायरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले बताए ।

सम्झौतापत्रमा प्राइम बैंकका संचालक एवं मर्जर समितिका संयोजक श्यामबहादुर श्रेष्ठ, विराटलक्ष्मीका अध्यक्ष माधवप्रसाद कोइराला र कन्ट्री बैंकका अध्यक्ष इन्द्रनारायण भैलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

तर, डीडीए रिपोर्ट आएपछि मात्र सेयर स्वाप रेसियो निर्धाण गरिने भएको छ । तर कन्ट्रि डेभलपमेन्ट बैंकको तुलनामा विराटलक्ष्मीको सेयर स्वाप रेसियो बढी हुने छ । यसैगरी बैंकले ३ बरावर १ को अनुपातमा हकप्रद सेयर समेत जारी गर्दै छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ छ । हकप्रद सेयर जारी गरेर २ संस्था खरिद गरेपछि चुक्ता पूँजी ५ अर्ब ६९ करोड रुपैयाँ पुग्ने भएको छ ।

विराटलक्ष्मी पुर्वका १० जिल्ला कार्यक्षेत्र भएको क्षेत्रीयस्तरको बिकास बैंक हो । यसको चुक्ता पूँजी ४२ करोड रुपैयाँ रहेको छ । यसैगरी कन्ट्रि डेभलपमेन्ट बैंक पनि काभ्रेमा केन्द्रिय कार्यलय रहेको १० जिल्ला नै कार्यक्षेत्र रहेको छ । हाल कन्ट्रिको चुक्ता पुँजी ३३ करोड २८ लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL