Logo

ग्रीन डेभलपमेन्ट बैंकको सेयर आवेदन खुला,अधिकतम १० लाखसम्मको आवेदन दिन सक्ने

ग्रीन डेभलपमेन्ट बैंकको सेयर आवेदन खुला,अधिकतम १० लाखसम्मको आवेदन दिन सक्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर आवेदन खुला भएको छ । बागलुङ जिल्लामा मुख्य कार्यालय रहेको सो बैंकको ४ लाख ५० हजार कित्ता साधारण सेयर निस्काशन भएको छ ।

आवेदकले ५० देखि १० हजार कित्तासम्म (५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म)को आवेदन दिन सक्ने बताइएको छ । बैंकको सेयर बिक्री प्रबद्र्धकको रुपमा एनआईबिएल क्यापिटल रहेको छ । बैंकले हाल बाग्लुङ, म्याग्दी र कास्की ३ जिल्लामा सेवा दिँदै आएको छ । सेयर निस्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्नेछ ।

साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी रहनेछ । इच्छुक आवेदकले कम्तीमा ५ हजारदेखि अधिकतम १० लाख रुपैयाँसम्मको आवेदन दिन सक्ने बताइएको छ । हाल बैङकको अधिकृत पुँजी ५० करोड, जारी पुँजी १० करोड र चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ।

बैंकले गत आर्थिक वर्षमा ११ लाख रुपैंया खुद नोक्सान व्यहोरेकोमा यस पटक १३ लाख रुपैंया खुद नाफा कमाएको छ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले ९ महिनाको अवधिमा २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ । ग्रीन डेभलपमेन्ट बैंकको हरिशंकर रोड बागलुङ र शाखा कार्यालय बेनीबाट आवेदन दिन सकिनेछ ।
त्यस्तै एनआईबिएल क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट, ग्रोमोर मर्चेन्ट बैंक दरवारमार्ग, विभोर क्यापिटल कृष्णगल्ली, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शाखा कार्यालयहरु हरिहरभवन, चाबहिल, वीरगञ्ज, हेटौंडा र चारआली, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, कुमारीपाटी, इटहरी, नेपालगञ्ज, विर्तामोड र दाङ शाखाबाट आवेदन दिन सकिने छ।

एपेक्स डेभलपमेन्ट बैंक दरवारमार्ग, लोकन्थली, नारायणगढ, चिप्लेढुंगा, नेपालगञ्जबाट आवेदन दिन सकिनेछ। सिनर्जी फाइनान्सको शाखा कार्यालयहरु कमलादी, गंगबु, पोखरा न्यूरोड, बुटवलबाट आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL