Logo

कन्चनपुर र महेन्द्रनगरमा एभरेष्टको शाखा स्थापना, बिहीवारदेखि सेवा शुरु

कन्चनपुर र महेन्द्रनगरमा एभरेष्टको शाखा स्थापना, बिहीवारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कन्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खड्मा आफ्नो शाखा स्थापना गरेको छ । बिहीवार एक कार्यक्रमवीच
महेन्द्रनगर शाखाको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा सो शाखाको उद्धघाटन गरे ।

त्यस्तै सुख्खड् शाखाको घोडाघोडीका उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रकाश चौलागाई र सिइओ अहलुवालियाले गरे । उक्त कार्यक्रममा सुरक्षा विभागका उच्च पदस्थ अधिकारीहरु, च्याम्बर लगायत बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL