Logo

आफै चुक्ता पूँजी पुर्याउँदै काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकालीलाई खरिद गर्दै

आफै चुक्ता पूँजी पुर्याउँदै काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकालीलाई खरिद गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काष्ठमाण्डप डेभलपमेन्ट बैंकले महाकाली विकास बैंकलाई खरिद गर्ने भएको छ । महाकालीलाई एक्विजीशन गर्ने सम्वन्धमा खर्भरै मात्र सम्झौता पत्रमा हस्ताक्षर भएको बैंक स्रोतले जानकारी दिएको छ ।

उक्त सम्झौतामा काष्ठमण्डप डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष जगन्नाथ ज्ञवाली  तथा महाकाली विकास बैंकका अध्यक्ष सुरेन्द्रकुमार जोशीले हस्ताक्षर गरेका हुन् । सो सम्झौतालाई दुवै बैंकका सञ्चालक समितिले समेत पारित गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकले ल्याएको पूँँजी बृद्धि अनुसार काष्ठमाण्डपले आफै चुक्ता पूँजी बृद्धि गर्नका लागि महाकालीलाई खरिद गर्न लागेको हो । यी दुई संस्थाबीच सेयर स्वाप रेसियो १ वरावर १ नै हुने भएको छ । जसले गर्दा चुक्ता पूँजी बृद्धिको लागि ठूलो सहयोग पुग्ने भएको छ । एक्विजीशनसँगै बैंकको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने भएको छ ।

हाल काष्ठमाण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकले चालू आवको पहिलो ९ महिनामा ६ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । मर्जरसँगै काष्ठमाण्डपको शाखा संख्या २६ पुग्ने छ ।

यसैगरी महाकाली विकास बैंकको चुक्ता पूँजी १२ करोड ७२ लाख रुपैयाँ रहको छ । बैंकले चालू आवको पहिलो ९ महिनासम्ममा ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । मर्जरसँगै बैंकलाई महाकालीको ७ वटा शाखा कार्यालय थपिने छ ।

काष्ठमाण्डपले एक्विजीशन पश्चात ४ बरावर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले आगामी पुस मसान्तसम्ममा १ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने भएको छ । जसका लागि बैंकले अन्य बैंकसँग पनि एक्विजीशनका लागि छलफल अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL