Logo

सनराइज र नारायणीबीच एक्विजीशनका लागि अन्तिम सम्झौता, असारबाटै एकिकृत कारोबार

सनराइज र नारायणीबीच एक्विजीशनका लागि अन्तिम सम्झौता, असारबाटै एकिकृत कारोबार


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई खरिद गरेको छ । यी संस्थाबीच मंगलबार एक्विजीशन सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

उक्त सम्झौतामा सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड र नारायणी फाइनान्सका अध्यक्ष नारायणदाश मानन्धरले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त संस्थालाई एक्विजीशनमा जानका लागि राष्ट्र बैंकले जेठ ३ गते नै सहमति दिइसकेको थियो ।

सम्झौतासँगै सेयर धनीको सहमति लिनका लागि यही २० गते दुवै संस्थाले विशेष साधारणसभा वोलाएका छन् । उक्त साधारण सभाले पारित गरेसँगै अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिने भएका छन् ।

सनराइज बैंकले नारायणीलाई प्राप्तीसँगै यही असार मसान्तबाटै एकिकृत कारोवार गर्ने जानकारी दिएको छ । एक्वीजिशन पश्चात सनराइजको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्ने छ भने शाखा संख्या ६७ वटा हुने छ । यसैगरी, निक्षेप संकलन ५० अर्व रुपैयाँ हुने छ भने कर्जा प्रवाह ४३ अर्ब रुपैयाँ पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्