Logo

सानिमाले ५० प्रतिशत हकप्रदका लागि सुचना निकाल्यो, चुक्ता पूँजी साढे ४ अर्ब पुग्ने

सानिमाले ५० प्रतिशत हकप्रदका लागि सुचना निकाल्यो, चुक्ता पूँजी साढे ४ अर्ब पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि सुचना जारी गरेको छ । बैंकले आजै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सो वारेमा जानकारी गराएको छ ।

जसका लागि बैंकले जेठ २५ गतेसम्मका लागि सेयर धनी किताव (बुक क्लोज) गरेको छ । जस अनुसार २४ गतेसम्म हकप्रद सेयर किन्नु पर्ने हुन्छ ।

बैंकले नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप आफ्ना सेयर धनीलाई हकप्रद दिन लागेको हो । राष्ट्र बैंकले निर्देशन अनुसार २०७४ असार मसान्तसम्म बाणिज्य बैंकले ८ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने छ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद निष्काशनसँगै ४ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL