Logo

प्राइम बैंकको १२३५०८७४ कित्ता हकप्रद सेयर आगामी हप्ता

प्राइम बैंकको १२३५०८७४ कित्ता हकप्रद सेयर आगामी हप्ता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । बैंकले आइतबार मात्रै हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन पेश गरेको बोर्ड स्रोतले जानकारी दिएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले ३ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो । जस अनुसार बैंकले आफ्ना सेयर धनीका लागि १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता अर्थात १ अर्ब २३ करोड ५० लाख ८७ हजार ४ सय रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने छ ।

बोर्डले स्वीकृति दिएसँगै हकप्रद सेयर निष्काशनको तयारी गरेको बैंक स्रातेका भनाइ छ । जसको लागि बैंकले सिभिल क्यापिटललाई विक्री प्रवन्धकमा नियुक्ति गरेको छ । हकप्रद सेयर निष्काशनका लागि बैंकको साधारण सभाले केही समय अघि मात्र अनुमोदन गरेको थियो ।

धितोपत्र बोर्डले केही समय अघिमात्र हकप्रद निष्काशनमा सरलिकृत गरि आवश्कय कागजात पुगेको खण्ण्डमा न्युनतम ५ देखि अधिकतम १२ कार्यदिनभित्रमा स्वीकृति दिने व्यवस्था गरेको छ । जस अनुसार प्राइम बैंकले आगामी १ हप्ताभित्रै हकप्रद सेयर निष्काशनको लागि आवेदन माग गर्ने छ ।

बैंकले कुनै विकास बैंक तथा फाइनान्स कम्पनीलाई एक्विजिशन गरी राष्ट्र बैंकले निर्धारण गरे अनुरुप पूँजी बृद्धि गर्ने उद्देश्य अनुरुप हकप्रद र बोनस सेयर वितरण गर्न लागेको हो । जस अनुसार अहिले नै ३ः१ हकप्रद सेयर दिएर त्यस पश्चात २० प्रतिशत बोनस सेयर बाड्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।चालू आर्थिक वर्षका पहिलो ९ महिनामा बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL