Logo

एभरेष्ट बैंकको नयाँ शाखा दाङको लमहीमा, बैंकिङ सेवालाई देशभर पुर्याउने उद्देश्य

एभरेष्ट बैंकको नयाँ शाखा दाङको लमहीमा, बैंकिङ सेवालाई देशभर पुर्याउने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले देशको कुना–कुनामा बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ अर्ध शहरी तथा दुर्गम स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले दाङको लमहीमा आफ्नो शाखा स्थापना गरेको छ ।

सो शाखाको प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र बैंकका प्रमुख कार्यकारी अघिकृत एके अहलुवालियाले संयुक्त रुपमा शाखाको उद्धघाटन गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक भिष्मप्रसाद उप्रेती तथा जिल्ला स्थित नेपाल सरकारका सुरक्षा विभागका उच्च पदस्थ व्यक्तिहरु, च्याम्बर लगाएत बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL