Logo

मुक्तिनाथ विकास बैंकको देशभर बृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकको देशभर बृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुको साथमा बृहत वित्तीय साक्षरता कार्यक्रम गरेको छ । नेपाल राष्ट्र बैंकको यस आ.व २०७९–८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन रुपमा मनाउने अभियानसँगै बैंकले शुक्रबार र शनिबारका दिन कार्यक्रम गरेको हो ।

ग्राहकहरुमा वित्तीय साक्षरता पुर्याउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम गरिएको बैंकले जनाएको छ । बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैला कार्यक्रमको आयोजना भने देशभरका विभिन्न विद्यालयहरु÷कलेजहरु, समुदाय केन्द्रहरु तथा अन्य सार्वजजिक स्थलमा गरिएको थियो ।

“जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको यस बंैक लिले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो । बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन सहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी महानुभावहरुको सहभागीता रहेको थियो ।

यसरी वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रम राख्दै बैंकले विधार्थीहरु, जनमानस तथा ग्राहक महानुभावहरुमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थान बाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन सम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्