Logo

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, नशारहित समाज नेपाललाई आर्थिक सहयोग

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, नशारहित समाज नेपाललाई आर्थिक सहयोग



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको हाडिगाउँस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई आर्थिक सहयोग गरेको छ ।

बैंकले बहूद्देश्यीय हल निर्माणका लागि केन्दलाई रुपैयाँ पाँच लाख आर्थिक सहयोग प्रदान गरेको हो । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच बैंंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तानतरण गरेको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्