Logo

अर्थ समितिले पास गर्यो ‘वाफिया’ लगायत ३ विधेयक, संसदमा भोली पेश हुँदै

अर्थ समितिले पास गर्यो ‘वाफिया’ लगायत ३ विधेयक, संसदमा भोली पेश हुँदै


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । अर्थ समितिले विभिन्न ३ वटा विधेयक पास गरेको छ । समितिको आज विहान वसेको बैंठकले बैंक तथा वित्तीय सम्बन्धी कानुन (वाफिया), बैंकिङ कसुर तथा सजाय सम्बन्धी कानुन र निक्षेप तथा कर्जा सरक्षण कोषको स्थापना र संचालन सम्बन्धी कानुन स्वीकृति गरको हो ।

उक्त विधेयक माथी समितिले लामो समयसम्म दफावार छलफल गरी आज स्वीकृति गरेको समितिका अध्यक्ष प्रकाश ज्वालाले बताए । उक्त विधेयकलाई भोली वस्ने संसदमा पेश गरिने समेत समितिले जानकारी दिएको छ ।

यस अघि वाफियामा कुनै पनि संवैधानिक निकायको पद धारण व्यक्ति बैंक संचालक हुन नपाउने उल्लेख गरिएको थियो । त्यसो गर्दा धेरै व्यक्ति वञ्चित हुने भएकाले सो विषयमा विनियमावली बनाएर वर्गिकरण गरिने भएको छ ।

समितिले वाफियामा संसोधन गर्दै आगामी दिनमा ४ वर्गका वित्तीय संस्थामा मात्र प्रवन्ध संचालन राख्न पाने व्यवस्था गरेको छ । यो कानुन पास भएसँगै क ख र ग वर्गका वित्तीय संस्थामा प्रवन्ध संचालक रहने छैनन् । यसैगरी हाल संचालक समितिको कार्याकाल ४ वर्ष रहेकोमा आगामी दिनमा ५ वर्षसम्मको बनाउने पाउने र संचालक तथा प्रमुख कार्यकारी अधिकृत एउटा संस्थामा २ कार्यकालभन्दा बढी वस्न नपाउने बनाएको छ ।

यसैगरी, बैंकिङ कसुर तथा सजाय सम्बन्धी कानुनमा पनि १२ वर्षसम्मको जेल सजाय तोकेको छ । जसमा कुनै पनि व्यक्तिले ठूलो रकम अपचलन गरेर तिर्न नसकेका आजिवन कारावार बस्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL