Logo

सनराइजको नयाँ शाखारहित सेवा मोरङको डाँगीहाटमा, मंगलवार देखि सेवा शुरु

सनराइजको नयाँ शाखारहित सेवा मोरङको डाँगीहाटमा, मंगलवार देखि सेवा शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो चौथो शाखारहित बैंकिङ सेवा मोरङ डाँगीहाटमा शुरू गरेको छ ।

सो सेवाको बैंकका नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले मंगलवारदेखि सो सेवाको उद्घाटन गरे । सो अवसरमा उनले बैंकले शाखारहित बैंकिङ सेवाको एजेन्ट राजेन कुमार राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एवं सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । हाल काभ्रेको मंगलटार, झापाको बाहुनडाँगी र महोत्तरीको कान्तिबजरमा बैंकका तीनवटा शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्