Logo

प्राइम बैंकको हकप्रद सेयर चालू आवभित्रै, विक्री प्रवन्धकमा सिभिल क्यापिटल

प्राइम बैंकको हकप्रद सेयर चालू आवभित्रै, विक्री प्रवन्धकमा सिभिल क्यापिटल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्राइम कमर्शियल बैंकले आफ्नो हकप्रद सेयर निष्काशनका लागि सिभिल क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गर्ने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंठकले विक्री प्रवन्धकमा सिभिललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजनसँगै बैंकले हकप्रद सेयर निष्काशन गर्ने योजना सार्वजनिक गरेको थियो । जस अनुसार बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

हकप्रद सेयरको लागि प्रक्रिया अघि बढेको र चालू आर्थिक वर्षभित्रै निष्काशन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले बताए । ‘बैंकले हकप्रद सेयर निष्काशनको लागि प्रक्रिया अघि बढाएको छ,’ उनले भने, ‘१/२ दिनभित्रै सुचना प्रकाशित गरेर जारी गरिने छ ।’

हाल बैंको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । जसको ३० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । यसैगरी बैंकले आफ्ना सेयर धनीलाई २० प्रतिशत बोनस सेयर समेत दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL