Logo

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाग्लुङको गल्कोटमा, शाखा संख्या ९१ पुग्यो

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाग्लुङको गल्कोटमा, शाखा संख्या ९१ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार बाग्लुङको गल्कोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्धघाटन गरे । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाग्लुङको गल्कोट क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउने उद्धेश्यले बैंकले आफ्नो शाखा बिस्तार गरेको बताए।

सोही शाखा उद्घाटन समारोहमा एटिएम काउण्टरको बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको पनि उपस्थिति रहेको थियो।

यससँगै बैंकको शाखा संख्या ९१ र एटिएम संख्या ९६ पुगेको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा कार्यालय, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । हाल बैंकको ६४ अर्ब निक्षेप, ५७ अर्ब भन्दा बढि कर्जा प्रवाह गरेको छ ।
१० वटा राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन भने ग्राहक संख्या ६ लाख भन्दा बढि रहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, जापान, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL