Logo

सिद्धार्थ बैंकद्धारा ग्लोबल मनि विक प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण

सिद्धार्थ बैंकद्धारा ग्लोबल मनि विक प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण



काठमाडौं । सिद्धार्थ बैङ्क लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ आयोजना गरेको टिकटक भिडियो प्रतियोगितालाई विजेतालाई पुरस्कार वितरण गरेको छ ।

“बैङ्कमा बचत गर्नुका फाइदाहरू” शीर्षकमा भिडियो बनाई अधिकतम मन पराइएका तीन प्रतियोगीहरुलाई क्रमशः रु। ३०,०००, रु। २०,००० र रु। १०,००० नगद पुरस्कार प्रदान गरिएको हो ।

विजेताहरूलाई आज सिद्धार्थ बैङ्कको प्रधान कार्यालय हात्तीसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । विजेताहरूलाई बैङ्कका प्रमुख डिजिटल मार्केटिङ अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे ।

यसैगरी बैङ्कले ग्लोबल मनी विककै अवसरमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो । यसका साथै बैङ्कले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू पनि आयोजना गरेको थियो, जसमा २,११८ जना महिला र २,०७२ जना पुरुष गरी कुल ४,१९० जनाको प्रत्यक्ष सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL