Logo

सिटिजन्स बैंकका ग्राहकलाई दीर्घायु हस्पिटलमा छुट, समझदारी पत्रमा हस्ताक्षर

सिटिजन्स बैंकका ग्राहकलाई दीर्घायु हस्पिटलमा छुट, समझदारी पत्रमा हस्ताक्षर



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिल, काठमाडौँ स्थित दीर्घायु गुरु हस्पिटल प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले दीर्घायु गुरु हस्पिटलमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL