Logo

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, बाँसबारीको सर्भिस बुथ क्याम्प हस्तान्तरण

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, बाँसबारीको सर्भिस बुथ क्याम्प हस्तान्तरण



काठमाडौं । कामना सेवा विकास वैंकले जुत्ता मेन्डरका लागि निर्माण गरिएको सर्भिस बुथ क्याम्प हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निर्माण गरेका काठमाडौं महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसवारीको उक्त क्याम्प हस्तान्तरण गरेको हो । उक्त बुथले स्थानीय उद्यमीलाई व्यवसाय गर्न सुविधा युक्त वातावरण वनाउने बताईएको छ ।

उक्त बूथको उद्घाटन् काठमाडौं महानगरपालिका वडा नं.३ का वडा सदस्य कृष्णराज चालिसेले गरेका थिए । बुथ बाँसवारी स्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो ।

वैकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरि उनिहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस भन्ने उद्देश्य रहेको वैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL