Logo

आइएमई पे र एम बैँकबीच सम्झौता, डिजिटल भुक्तानीमा जाेडिए साढे ६ सय बढी सहकारी

आइएमई पे र एम बैँकबीच सम्झौता, डिजिटल भुक्तानीमा जाेडिए साढे ६ सय बढी सहकारी



काठमाडौं । आइएमई पे र एम बैँकबीच सम्झौता सम्पन्न भएको छ । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई संस्थाबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा आइएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एम बैंक एप मार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड, आइएमई पे बाट सहकारीमा रकम ट्रान्सफर, सेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकट देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन् । आइएमई पे का देशभर करिब ४५ हजार एजेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL