Logo

चालू आवमा ३० प्रतिशत हकप्रद जारी गर्दै सेञ्चुरी, विक्री प्रवन्धकमा सिभिल क्यापिटल

चालू आवमा ३० प्रतिशत हकप्रद जारी गर्दै सेञ्चुरी, विक्री प्रवन्धकमा सिभिल क्यापिटल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो कार्यका लागि बैंकले सिभिल क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको नयाँ निर्देशन अनुसार बैंकले इक्रा रेटिङ नगरी हकप्रद सेयर निष्काशन गर्न सक्ने भएकोले हकप्रद शेयर निष्काशन गर्न चाँडै नै धितो पत्र बोर्डमा विवरणपत्र दर्ता गर्ने तयारी गरेको छ । धितोपत्र बोर्ड तथा नियमन निकायबाट स्वीकृती प्राप्त भएमा २०७३ आषाढ मसान्त भित्रमा नै हकप्रद सेयरको लागि आवेदन लिने भएको छ ।

आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्त सम्म बैंकले २३ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिमा २६ अर्व १ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ करोड ८३ करोड रुपैयाँ कर्जा परिचानल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL