Logo

कुमारी बैंकले मनायो २२ औं वार्षिकोत्सव, ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ सुविधा योजना प्रस्तुत

कुमारी बैंकले मनायो २२ औं वार्षिकोत्सव, ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ सुविधा योजना प्रस्तुत



काठमाडौं । कुमारी बैंक लिमिटेडले २२ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार समेत व्यक्त गरेको छ ।

कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको जनाएको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ्ग सुविधा योजना प्रस्तुत गरेको छ । ग्राहकहरूलाई थप वचत गर्ने अवसर प्रदान गर्दै सम्पूर्णवचत खाताहरूमा लकर मार्जिनमा ७५ प्रतिशत छुट प्रदान गर्दै विभिन्न साझेदारहरू मार्फत थप सुविधाहरु पनि प्रस्तुत गरेको छ ।

यसका साथै वार्षिकोत्सवको अवसरमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि निः शुल्क दर्ता गर्ने तथा वार्षिक शुल्कहरूमा पनि छुट प्रदान गरेको छ । साथै, बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ्ग मुद्दति’ खातासमेत संचालमा समेत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL