Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, निःशुल्क स्वास्थ्य शिविर संचालन,

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, निःशुल्क स्वास्थ्य शिविर संचालन,



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी शाखाले आउदै गरेको १६ औं बार्षिकोत्सव लाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले गौरीगङ्गा नगरपालिका वडा नं ५ अण्डैयामा आयोजित शिविरमा करीब ३०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ ।

शिविरमा अत्तरिया अस्पतालका डा आनन्द पाठक, डा अनिश कुमार शाह, डा सीता बम र डा धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित सामान्य स्वास्थ्य जाँच गरी विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएका थिए ।

बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL