Logo

बैंकिङ क्षेत्रमा देखिएका चुनौतिको सहज समाधान खोजिनेछ : अर्थमन्त्री महत

बैंकिङ क्षेत्रमा देखिएका चुनौतिको सहज समाधान खोजिनेछ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंकिङ क्षेत्रमा देखिएका चुनौतिहरुको सहज समाधान खोज्नुपर्ने बताएका छन् । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताए ।

भेटमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराएका थिए । पछिल्लो समय यस क्षेत्रमा समस्या देखा परेको बताउँदै यस क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारको तर्फबाट सदाभैm पूर्ण सहयोगको अपेक्षा रहेको उनले बताए ।

संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव लगायतले बैंकिङ क्षेत्रको मनोबल गिरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्