Logo

राष्ट्रिय वाणिज्य बैंकद्धारा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकद्धारा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरी विभिन्न १३४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी युवा विद्यार्थी, कर्मचारी, मजदुर, कृषकहरु माझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।

अन्तर्राष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ६ देखि १२ गतेसम्म साताव्यापी प्लान योर मनि, प्लान्ट योर फ्यूचरको नारासहित सम्पन्न गरेको हो ।

बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरु, कर्मचारी, मजदुर तथा कृषकहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो ।

अभियान अन्तर्गत बैंकले डिजिटल बैंकिङ्ग, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन भएको थियो । बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएकोे बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL