Logo

हिमालयन बैंकद्धारा सातै वटा प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हिमालयन बैंकद्धारा सातै वटा प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । हिमालयन बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी सूचना अन्तर्गत चैत्र ६ गते देखि २०७९ चैत्र १२ सम्म ‘ग्लोबल मनी वीक’ का रुपमा मनाइने अबधिभर देशको सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो ।

सो वित्तीय साक्षरता कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र ती प्रदेश भित्रका बैंकका २४ वटा शाखा कार्यालयहरुले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरेको हो । यस कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरु, अविभावकहरु, शिक्षकहरु, सामाजिक कार्यकर्ताहरु, व्यवसायीहरु, बैंकका ग्राहकवर्गहरु लगायत सो स्थानका बासिन्दाहरुलाई बैंकिङ्गबारे ज्ञान वद्र्धक विषयहरुमा छलफल गर्दै सम्पन्न गरेको बैंकले जनाएको छ ।

सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैक के हो, बैंकले प्रदान गर्ने विभिन्न सेवा–सुविधाहरु, बैंकिङ्गबारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका लगायतका विषयमा जानकारी दिएको बैंकले जनाएको छ ।
यसका साथैै बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा लगायत सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानूनीरुपमा गरिने रेमिट्यान्सको प्रक्रिया, कानून विपरितको हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान दिएका छन् ।

बैंकले आयोजना गरेको सो कार्यक्रमले कार्यक्रममा सहभागी जनाउने सम्पूर्ण सहभागीहरुलाई भोलिका दिनमा बंैकमा गएर कुनै पनि बैंकिङ्ग कार्य गर्न परेमा सहज हुने र सो ज्ञानले उनीहरुका व्यक्तिगत लगायत व्यवसायमा पनि उत्तिकै मद्दत पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL