Logo

ग्लोबल आईएमई बैंककाे ह्याप्पी आवर्स योजना, प्रतिदिन पहिलो कारोबारमा २० प्रतिशत क्यासब्याक

ग्लोबल आईएमई बैंककाे ह्याप्पी आवर्स योजना, प्रतिदिन पहिलो कारोबारमा २० प्रतिशत क्यासब्याक



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । बैंकको उक्त योजना अन्र्तगत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन ।

बैंकले मोबाइल बैंकिङ एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन । २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक प्रति दिन एक कारोबारको क्यासब्याकका लागि योग्य हुनेछ ।

जसअन्तर्गत आईतबारदेखि शनिबारसम्म बेलुका ७ देखि १० बजेसम्म विभिन्न सेवा लिए २० प्रतिशतसम्म क्यासब्याक पाईने बताईएको छ । जसअनुसार प्रतिदिन क्रमशः मोबाईल डाटा प्याक खरिद, टिभीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद, केवलकारको टिकट खरिद गरे उक्त छुट पाईने बताईएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL