Logo

सनराइज बैंकले मनायो ग्लोबल मनी विक, देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सनराइज बैंकले मनायो ग्लोबल मनी विक, देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १ सय वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । आफ्ना देशभरीका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी बैंकले सफलताको साथ कार्यक्रम सम्पन्न गरेको बताएको हो ।

बैंकले प्लान योर मनी, प्लान योर फ्युचर भन्ने नारालाई आत्मसात गर्दैै ग्लोबल मनी विक मनाएको हो । मनी विकमा बैंकले बैंकिङ सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तिय निर्णय गर्ने क्षमताको विकास, सानै देखि बचत गर्ने बानी, बैंकिङ सेवा सुविधाको सही उपयोगिता, बैंकिङ विवरण अरुलाई दिँदा हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्याउने बैंकको विश्वास छ ।

हालसम्म सन्राइज बैंकले १ सय ३९ वटा शाखा, १ सय वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १ सय ६२ वटा एटिएममार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्