Logo

प्रभु बैंकको ववरमहलमा प्रभातकालिन सेवा, बिहान ८ बजेदेखि सञ्चालन

प्रभु बैंकको ववरमहलमा प्रभातकालिन सेवा, बिहान ८ बजेदेखि सञ्चालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले मुख्य शाखा कार्यालय बबरमहलबाट प्रभातकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बबरमहलमा काउन्टर स्थापना गरेको हो ।

बिदाका दिन बाहेक आईतबारदेखि शुक्रबारसम्म प्रभातकालीन सेवा बिहान ८ बजेदेखि सञ्चालन हुने बताईएको छ ।प्रभातकालीन काउण्टर सेवा अन्तर्गत ग्राहकहरुबाट निक्षेप संकलन तथा चेकको भुक्तानी हुनेछ ।

बिदाको दिनमा प्रभातकालीन सेवा उपलब्ध नभए तापनि बैंकका अन्य सेवा भने यथावतै सञ्चालन हुने बताइएको छ । हाललाई मुख्य शाखा कार्यालयबाट सुरु भएको सो काउण्टर सेवाग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा बैंकका अन्य शाखा कार्यालयहरुमा समेत सञ्चालनमा ल्याउने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL