Logo

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व,छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व,छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग



काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि सहयोग गरेको छ । एक्सन वर्कस् नेपालद्वारा सञ्चालित प्रोजेक्टका लागि आर्थिक सहयोग गरेको हो ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिने छ । यसप्रकार छाउपडी प्रथाका विरुद्घ कार्यक्रमहरु गरी समुदाय स्तरमा जनचेतना जगाउने प्रयासमा सहभागिता स्वरुप बैंकले आर्थिक सहयोग प्रदान गरेको हो ।
आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्