Logo

राष्ट्र बैंकले दियो ५ संस्थालाई मर्जरको अन्तिम स्वीकृति, २ लाई सैद्धान्तिक सहमति

राष्ट्र बैंकले दियो ५ संस्थालाई मर्जरको अन्तिम स्वीकृति, २ लाई सैद्धान्तिक सहमति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नौं वटा बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरको अनुमति दिएको छ । राष्ट्र बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले संस्थाहरूलाई मर्जर र एक्विजिसनको अनुमति दिएको हो ।

जसमध्ये ५ वटा संस्थाले मर्जका लागि अन्तिम स्वीकृति र २ वटा सस्थाले सैद्धान्तिक सहमति पाएका हुन् । राष्ट्र बैंकले सनइज बैंकलाई नारायणी नेशनल फाइनान्स एक्वायर गर्न सैद्धान्तिक सहमति दिएको भने सिभिललाई इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स गाभ्न सैद्धान्तिक सहमति दिएको छ ।

त्यसैगरी, कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । त्यसैगरी, साइन रेसुंगा डेभलपमेन्ट बैंक र गौमुखी विकास बैंकबीचको मर्जलाई पनि अन्तिम स्वीकृति दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL