काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै चैत्र महिनामा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैलाको अल्पकालिन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टविन हस्तान्तरण गरेको छ । बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमुलक वोर्डहरु पनि हस्तान्तरण गरेको छ ।
साथै , बैंकले दाङको घोराही उप– महानगरपालिका–१६, तेरोटेस्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई सीसी क्यामेरा जडानको लागि सहयोग गरेको छ भने नुवाकोटको विदुर नगरपालिका वडा नं ०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ । यस सहयोगले सम्बन्धित क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।