Logo

नबिल बैंक र आइएमई मोटर्सबीच सम्झौता, बैंकले अशोक लेल्यान्डको गाडी किन्न ७० प्रतिशतसम्म कर्जा दिने

नबिल बैंक र आइएमई मोटर्सबीच सम्झौता, बैंकले अशोक लेल्यान्डको गाडी किन्न ७० प्रतिशतसम्म कर्जा दिने



काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । ग्राहकले यो सेवा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्