Logo

जनता बैंक विद्युतीय भुक्तानी प्रणालीमा,अन्तरराष्ट्रिय स्तरको प्रविधिमा आधारित सेवा प्रदान

जनता बैंक विद्युतीय भुक्तानी प्रणालीमा,अन्तरराष्ट्रिय स्तरको प्रविधिमा आधारित सेवा प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले जनता बैंकसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीका लागि सम्झौता गरेको छ ।

सम्झौतापत्रमा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे । सम्झौताअनुसार बैकले अन्तरबैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनको प्रणाली पाउने बताइएको छ । प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिनेलगायत कारोबार सञ्चालन हुनेछ ।

त्यस्तै ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन र तलब भुक्तानीलगायत सेवा यो सहज हुनेछ ।

यो प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने र सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित सेवाहरु समेत प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL