Logo

सिभिल बैंकको नाफा सुस्तायो, गत वर्षको तुलनामा ८५ लाख मात्र बढी

सिभिल बैंकको नाफा सुस्तायो, गत वर्षको तुलनामा ८५ लाख मात्र बढी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्य बैंकहरुले आफ्नो नाफामा उच्च बृद्धि गरिरहेको बेला सिभिल बैंकको भने सुस्ताएको छ । बैंकले चालू आवको ९ महिनामा गत आवको सोही अवधिको तुलनामा ८५ लाख रुपैयाँ माब बढी आम्दानी गरेको छ । गत आवको पहिलो ९ महिनामा १९ करोड ५ लाख रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा १९ करोड ९० लाख रुपैयाँमात्र नाफा कमाउन सफल भएको छ ।

बैंकको प्रति सेयर आम्दानी पनि निकै कम रहेको छ । चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकको प्रति सेयर आम्दानी ८ रुपैयाँ ६१ पैसा मात्र रहेको छ । बैंकले सो अवधिमा २८ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL