एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा बापत रु १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको जावलाखेल शाखामा खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले चेक हस्तान्तरण गरे ।
बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा बापत रु। ३ करोड, दुर्घटना बीमा बापत रु। १ करोड ३० लाख र मेडिकल बीमा बापत रु। ३ करोड ६७ लाख गरी कुल रु। ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।