Logo

सेञ्चुरी र ट्रान्स-फास्टबीच सम्झौता, रेमिटबाट पठाएको पैसा बैंकका सवै शाखाबाट लिन सकिने

सेञ्चुरी र ट्रान्स-फास्टबीच सम्झौता, रेमिटबाट पठाएको पैसा बैंकका सवै शाखाबाट लिन सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र ट्रान्स—फास्ट रेमिट्बीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु वा बैंकको एजेन्टहरुबाट ट्रान्स—फास्ट रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ ।

सेञ्चुरी बैंकले आर्थिक् बर्ष २०७२\७३ को चैत्र मसान्त सम्म कुल निक्षेप रु.२६ अर्व १करोड र कर्जा रकम रु. २२ अर्व ८३ करोड परिचालन गरेको छ । साथै ३४ अर्व ५० करोड सञ्चालन मुनाफा कमाएको बैंकले जानकारी दिएको छ । सो अवधिमा बैंकले रु. २३ अर्व २४ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले २०६७ फागुन २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ कारोवार सुरु गरेको हो । बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा एटीएम्, ८ वटा शाखारहित बैंकिङ र दुईटा एक्सटेन्सन् काउन्टरबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL