Logo

दार्चुलामा जनताको ४ शाखारहित सेवा,३ बर्षमा ५० शाखारहित बैकिङ इकाइ स्थापना गर्ने लक्ष्य

दार्चुलामा जनताको ४ शाखारहित सेवा,३ बर्षमा ५० शाखारहित बैकिङ इकाइ स्थापना गर्ने लक्ष्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जनता बैंकले दार्चुलाका ४ गाविसहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले युके एड सक्षम टु फाइनान्सको सहयोगमा सेवा सुरु गरेको हो । ग्वानीगा, बगौरा बजार, उकुगा, जौलजिवीखर र रिथाचौपाटा लगायतका वाविसमा शाखारहित बैंकिङ सेवा विस्तार गरिएको हो ।

बैकंले सक्षम एक्सेस टु फाईनान्ससगँको सहकार्यमा ‘सक्षम एक्सेस टु रुरल बैंकिङ परियोजना संचालन गरिरहेको छ । जसमार्फत आगामी ३ बर्षमा ५० शाखारहित बैकिङ इकाइ स्थापना गर्ने लक्ष्य छ ।

सामान्य आर्थिक कारोबार गर्नका लागि यहाँका मानिसहरुले लामो दूरी हिडेर जिल्ला सदरमुकामसम्म आउनुपर्ने बाध्यता छ ।

शाखारहित बैंकिङको माध्यमबाट मानिसहरुले सुरक्षित र सुविधाजनक रुपमा आफ्नै गाउँ टोलमा बचत गर्ने, बचत रकम निकाल्ने, मोबाईल रिचार्ज गर्ने जस्ता विभिन्न कार्य गर्न सक्दछन् । यसले मानिसहरुलाई वचतगर्ने बानी पनि बसाल्ने बताइएको छ । शाखारहित बैंकिङ सेवाको शुरुवातले थप मानिसहरुलाई औपचारिक वित्तीय क्षेत्रमा र्पुयाउन सघाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL