Logo

नबिल इन्भेष्टमेन्ट बैंकिङलाई क्रेडिट रेटिङ, लगानी सम्वन्धी नीतिको पालना

नबिल इन्भेष्टमेन्ट बैंकिङलाई क्रेडिट रेटिङ, लगानी सम्वन्धी नीतिको पालना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ प्रदान गरिएको छ । इक्राको सहकाय कम्पनि आइसिआरएनपीबाट नविलले उक्त रेटिङ प्राप्त गरेको हो ।
इक्रा नेपालका अनुसार उक्त रेटिङले व्यवस्थापनको आवश्यकता अनुरुपको सक्षमता दर्शाउँदछ भने सिम्बोल प्लस ले ३ भन्दा एक ओहदा उच्च रहेको चित्रण गर्दछ ।

इक्रा नेपालका अनुसार उक्त रेटिङ बैंकको आफ्नो सहायक कम्पनीमा भएको लगानी र सहायक कम्पनीलाई प्रदान गरेको प्राविधिक सहयोग, कम्पनीले नेपालको पूँजी बजारमा प्रदान गरिरहेको गुणस्तरीय सेवा, कम्पनीले आफ्नो लगानी सम्बन्धी निती तथा नियामक निकायको निर्देशनहरुको पालना गर्दैआएको आधारमा प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL