Logo

ग्लोबल आईएमई बैंकको होली योजना सार्वजनिक, डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक

ग्लोबल आईएमई बैंकको होली योजना सार्वजनिक, डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक



काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल होली योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एप्लिकेसन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्नका लागि बैंकले उक्त योजना सार्वजनिक गरेको हो । उक्त योजना अनुसार ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने भएको छ ।

उक्त योजनाअन्तर्गत २०७९ सालको होली पर्व अर्थात् फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत ग्राहकहरूले ‘जिआइबिएल–आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (१ सय ५० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक आफ्ना ग्राहकहरूलाई हर्षोल्लासका साथ–साथै सुरक्षित तरिकाले होली पर्व मनाउनका लागि समेत आग्रह गर्छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकांकमा पहिलो बैंकले ३ सय ६४ शाखा कार्यालय, ३ सय ६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सनबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL