Logo

एनएमबी बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति, बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटल

एनएमबी बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति, बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटल



काठमाडौँ । एनएमबी बैंकले ऋणपत्रको निष्कासन तथा बिक्रीका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्कासनका लागि बिहीबार अन्तिम स्वीकृति दिएको हो ।

बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डसँग अनुमति मागेको थियो । बोर्डमार्फत अनुमति पाएसँगै बैंकले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणहरूमा बिक्री गर्ने छ ।

२ अर्ब ४० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ । एनएमबी ऋणपत्रको मूल्य प्रति कित्ता एक हजार रुपैयाँ तोकिएको छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL