Logo

सिटिजन्स बैंक र भारतको द मेडीसीटी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा छुट

सिटिजन्स बैंक र भारतको द मेडीसीटी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुडगावँ स्थित मेदान्त– द मेडीसीटी अस्पतालबीच सम्झौता भएको छ । बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो । गुडगावँ, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन् ।

सहकार्यबाट हाल बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL