Logo

हिमालयन र सिभिल बैंकको एकिकृत कारोबार सुरु, चुक्ता पुँजी ३४ अर्ब, निक्षेप २ खर्ब ७४ अर्ब

हिमालयन र सिभिल बैंकको एकिकृत कारोबार सुरु, चुक्ता पुँजी ३४ अर्ब, निक्षेप २ खर्ब ७४ अर्ब



काठमाडौं । लामो प्रयासपछि हिमालयन बैंक र सिभिल बैंकहरु एक आपसमा गाभिएपछि एकिकृत कारोबार सुरु भएको छ । शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ । दुई बैंकबीच गत असारमै एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सहमति भईसकेको थियो ।

मर्जमा सेयर स्वाप रेसियो १००ः८० भएको छ । दुई बैंकको एकिकृत कारोबारपश्चात १०० कित्ता सेयर हुने सिभिल बैंकका लगानीकर्ताले हिमालयन बैंकको ८० कित्ता सेयर पाएका छन् ।

हिमालयनले सिभिललाई प्राप्ति गरेपछि नयाँ बनेको हिमालयन बैंकको कुल चुक्ता पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ भने कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ पुगको छ । यस्तै एकिकृत कारोबार भएपछि हिमालयन बैंकले प्रवाह गरेको कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ र कुल शाखा १ सय ८९ पुगेका छन् ।

एकिकृत कारोबार सुरु भएसँगै आईतबारदेखि सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिभिल बैंकले बिहीबार सूचना पठाउँदै आगामी फागुन १४ देखि चैत २ गतेसम्म बन्द हुने जनाएका हो।

प्रतिक्रिया दिनुहोस्