Logo

ग्लोबल आइएमई र पेट्रोलियम ढुवानी व्यवसायीबीच सम्झौता, व्यवसायीको बैंक जमानत ग्लोबल आइएमईले गर्ने

ग्लोबल आइएमई र पेट्रोलियम ढुवानी व्यवसायीबीच सम्झौता, व्यवसायीको बैंक जमानत ग्लोबल आइएमईले गर्ने



काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता भएको छ । महासंघका सदस्यहरुलाई आवश्यक राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने÷नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

बिहीबार बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्नका निमित्त एक समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार दासले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुरुप नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघअन्तर्गतका संघका सदस्यहरुले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने कार्यको लागि अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढङ्गले पर्फमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटिएम, ३ सय २१ शाखा रहित बैंकिङ सेवामार्फत सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्