Logo

कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजस्व सचिव पुडासैनी चयन

कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजस्व सचिव पुडासैनी चयन



काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजस्व सचिव रामशरण पुडासैनी चयन भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि अर्थमन्त्रालयले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । यसअघि कृषि विकास बैंकको अध्यक्ष रहेका रमेश दवाडीले राजीनामा दिएसँगै पुडासैनी अध्यक्षमा चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्